बागलुङ, ९ वैशाख । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो ।
खत्रीका छिमेकी र सिङ्गो हटिया बजारवासीमा त्रास छायो । आगो नियन्त्रणमा सुरक्षाकर्मी स्वयंसेवक र स्थानीयवासी खटिए । बाल्टी, गाग्री, जर्किनलगायत पानी उभाउन मिल्ने भाँडावर्तन बोकेर मानिस आगो निभाउन कस्सिए । आगलागी नियन्त्रणका लागि खानेपानीको पाइपनै काट्नुप¥यो । आगो त निभ्यो, तर घर जोगिएन । छिमेकका घर जोगाउन भने उद्धारकर्ता सफल भए ।
क्षणभरमै आगलागीले लाखौँको क्षति भयो । खत्रीको घरवास गुम्यो । भाडामा व्यापार गरी बस्नेको कमाइ खोसियो । लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न सबै नष्ट भए । यदि नजिकमा दमकल भएको भए यस्तो परिस्थिति आउने थिएन । अनायसै घर जलिरहँदा सबैले दमकल सम्झी रहे । आगलागीले क्षति पु¥याएपछि बल्ल दमकलको विषयलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् ।
गरपालिकाले दमकल किन्नुपर्ने आजाव उठ्न थालेका छन् । आगलागीको घटनाले पाठ सिकाएर गएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । उनका अनुसार समयमै आगो नियन्त्रणमा आएकाले थप क्षति हुन पाएन । बाक्लो बस्ती र पुराना घर भएकाले आगो अन्यत्र फैलिने खतरा थियो । “खानेपानीका पाइप काटेर फोहोरा फालेपछि आगो नियन्त्रणमा आयो”, नगरप्रमुख गेरैले भने ।
तीव्र बजारीकरण भइरहेको गलकोटमा सबैले दमकलको आवश्यकता महसुस गरेका छन । साँघुरा सडक र अव्यस्थित बजारका कारण ठूलो दमकलको प्रयोग कठिन देखिन्छ । लहरै जोडिएका पुराना घरमा आगलागीको घटना हुँदा बढी जोखिम हुन्छ । मध्यपहाडी लोकमार्ग आसपासमा नयाँ बनेका घरमा भने सहजै दमकल पुग्न सक्छ ।
नगरपालिकाले आगलागी भएको घरमा डेरा गरी बस्ने पाँच परिवारलाई रु दश हजारका दरले राहात उपलब्ध गराएको छ । घरधनी खत्रीलाई पनि यथोचित राहत उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । खत्री घर भाडामा लगाएर अहिले वडा नं ६ स्थित चरौँदीको घरमा बस्दै आएका छन् ।
आगलागीले छिमेकी तुलसी साहनीको घरमा पनि क्षति पुगेको जनाइएको छ । आगलागी विद्युत ‘सर्ट’ हुँदा भएको हुनसक्ने प्रहरीको अनुमान छ । साँझ ५ बजे लागेको आगो दुई घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । शनिबार नै निसीखोला गाउँपालिका–२ बायखोलामा भएको आगलागीमा परी तीन वर्षीय बालक विशाल सुनारको निधन भएको थियो ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१