कामनाको बिरौटा शाखा संचालन

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७६
kamana bank photo

पोखरा, ८ बैशाख । कामना सेवा बिकास वैंक लिमिटेडको स्थानान्तरित विरौटा शाखाको आइतवार उद्घाटन बैंकिङ्ग कारोवार सुरु गरिएको छ ।

पोखरा महानगरपालिकाका मेयर मान वहादुर जिसीले एक कार्यक्रमका वीच उक्त स्थानान्तरित शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा मेयर जिसीले पोखरामा अवस्थित कामना विकास वैंक लिमिटेड र वुटवलमा अवस्थित सेवा विकास वैंक लिमिटेड एक आपसमा गाभिएर कामना सेवा विकास वैंक लिमिटेडको नामवाट कारोवार गरिरहको र वैंकले जनताको लागि दिएको उत्कृष्ठ वित्तीय सेवाको प्रशंसा गरे ।

जिसीले अझै पनि शहरका केही जनता वाहेक अधिकांश ग्रामीण भेगका जनताहरु वैेंंकिङ्ग पहुंच देखी टाढा रहेको अवस्था छ, उनले भने – वैंकले पनि वित्तीय पहुचलाई सहज र सरलीकृत वनाउन वैंकिङ्ग साक्षारता अभियानलाई प्राथमिकतामा राखी घर दैलोमा पुगि प्रचारमा जुट्नु पर्ने बताए ।

वैंकका सहमहाप्रवन्धक टुवराज वास्तोलाद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व वैंकका अध्यक्ष सुदीप आचार्यले गरेका थिए । उक्त अवसरमा पोखरा– १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले वैंकको सफल कारोवार संचालनको लागि शुभकामना व्यक्त गरेका थिए ।

वैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण वस्नेतले वैंकको समग्र वित्तीय अवस्थाको वारेमा प्रकाश पार्दै पछिल्ला आर्थिक गतिविधिको वारेमा जानकारी दिएका थिए । काठमाण्डौमा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको कामना सेवा विकास वैंक लि.को हाल नेपालभरी ८३ वटा शाखा संचालनमा रहेको बतायएको छ ।

वैंकले ३७ वटा ए.टि.एम.सहित आधुनिक वैंकिङ्ग सेवा प्रदान गर्दे आईरहेको छ । वैंकले ग्रामीण क्षेत्रका साथै कृषि, पर्यटन तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी वढाउन लागेको कुरा सो अवसरमा वताइएको थियो । वैंकको हाल चुक्ता पुंजी २ अर्व ५० करोड २० लाख, निक्षेप संकलन २० अर्व ४८ करोड एवं कर्जा लगानी १८ अर्व ५ करोड रहेको जानकारी सहमहाप्रवन्धक टुवराज वास्तोलाले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width