पाठशाला उद्घाटन

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७६
pathashala photo

दुलेगौंडा, ८ बैशाख । तनहुँ ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दुलेगौंडाद्वारा शुक्लगण्डकी नगरपालिका– ९ साँखरघारीमा संचालित ब्रह्माकुमारी पाठशाला भवनको उद्घाटन गरिएको छ । उक्त पाठशाला भवन १५ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।

उक्त वडाका अध्यक्ष लोकनारायण श्रेष्ठले एक समारोहको बीच उक्त पाठशालाको आइतवार उद्घाटन गरेका हुन् । उक्त अवसरमा आफ्नो मन्तव्य व्यक्त गर्नु वडाध्यक्ष श्रेष्ठले् मानवलाई सतमार्गमा लैजाने खालको शिक्षा वर्तमान अवस्थामा आवश्यक भएको बताए ।

ब्रह्माकुमारी दुलेगौडाकी संचालिका ब्रह्माकुमारी रश्मीको सभापतित्वमा भएको सो उद्घाटन कार्यक्रममा राजयोग केन्द्र नेपालका निर्देशक राजयोगगिनी परिनीता दिदी,राजयोगी शैलेषराज बराल,ब्रह्माकुमारी यमुना,विमला,संगीता,राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु खड्का लगाएतले आफ्नो भनई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width