काठमाण्डौ, ८ बैशाख । श्रीलंकाको चर्च तथा होटलहरुमा आइतबार बिहानै ६ वटा विस्फोट भएका छन्।
राजधानी कोलम्बोस्थित ३ चर्च तथा ३ होटलमा विस्फोट हुँदा १ सय ३७ जनाको मृत्यु भएको एपिएफले जनाएको छ। अन्य सयभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेहरुमा पर्यटक समेत रहेको बताइएको छ।
क्रिश्चियन धर्मावलम्बीले श्रीलंकामा इस्टर पर्व मनाइरहँदा त्यहाँका चर्च तथा होटलहरुमा आक्रमण भएका हुन्। कोचिकाडे, नेगोम्बो तथा बाटिकालाओ चर्चमा विस्फोट भएको हो भने सांग्रिला, सिनामोन ग्रान्ड तथा किंग्सबरी होटलमा आक्रमण भएको हो।
बाटिकोल विस्फोटमा २५ तथा नेगोम्बोमा ५० जनाको मृत्यु भइसकेको छ। घाइतेहरुको अस्पतालमा उपचार भइरकेको जनाइएको छ। मृतकको संख्या बढ्नसक्ने अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन्। इस्टर सन्डे पर्वलाई क्रिश्चियत क्यालेन्डरको एक मुख्य पर्वको रुपमा लिने गरिन्छ। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन्।
घटनापछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले आक्रमणको निन्दा गर्दै आफ्ना नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले तत्काल घटनाको छानविन गर्न निर्देशन दिइसकेको वताइएको छ ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
बजेट अधिवेशन आजदेखि
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९