व्यवस्थापन सम्वन्धी अभिमुखिकरण सम्पन्न

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७६
Majheri Orientation Photo

पोखरा, ८ बैशाख । पोखरा– १४ को मझेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो एघारौं स्थापना दिवको अवसरमा सञ्चालक, लेखा र कर्मचारीलाई लक्षित गरी एक दिने कार्यालय व्यवस्थापन अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय संघको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रमको सहजीकरण केन्द्रका कार्यक्रम अधिकृत भरतप्रसाद न्यौपानेले गरेका थिए । कार्यक्रममा संस्थाका शेयर सदस्य, संचालक समिति, लेखा समिति र अन्य उपसमिति, कर्मचारीका काम, कर्तव्य, अधिकार एवं सहकारी संस्थाको महत्व, सहकारी ऐन, नियमका बारेमा अन्तरक्रिया र छलफल गरिएको थियो ।

तालिपछि सहभागिले अभिमुखीकरणले संस्थालाई व्यवस्थित रुपमा संचालन गर्न सहयोग पुग्ने र छलफलका बिषयलाई कार्यान्वयनमा ल्याउनेु पर्नेमा जोड दिएका थिए । संस्थाका अध्यक्ष रामचन्द्र कुँवरको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width