फिस्टेलमा पुनरताजगी तालिम

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७६

पोखरा, ८ बैशाख । पोखराको पार्दी स्थित फिस्टेल एकेडेमी माविमा पुनरताजगी तालिम सम्पन्न भएको छ ।

बिद्यालयमा कार्यरत शिक्षक शिक्षिका एवं कर्मचारीहरुको लागि आयोजित तीन दिने सो तालिममा आधुनिक शिक्षण बिधि सहित शैक्षिक क्रियाकलापका शैदान्तिक र व्यवहारिक पक्षहरुका बारेमा अभिमुखीकरण गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रममा बिद्यालयका संस्थापक निर्देशक चिनु रानाभाटले बैज्ञानिक शिक्षण बिधि सहित शिक्षण सिकाई प्रभावकारी बनाउन आबश्यक तत्वहरुको बारेमा चर्चा गरेका थिए । रानाभाटले शिक्षण बिधि समयानुकुल परिमार्जन हुनुपर्ने समेत बताए ।

कार्यक्रममा बिद्यालयका प्राचार्य बुद्धिमोहन पौडेलले विद्यार्थीको शैक्षिक सहित सर्वागिण विकासका लागि उत्कृस्ट शिक्षक आवश्यक हुने बताए । उक्त अवसरमा निर्देशक अन्जु बस्नेत (रानाभाट), प्रशासक दुर्गा प्रसाद न्यौपानेले विद्यालयको संचालन र प्रशासकीय बिषयबस्तुमा अभिमुखीकरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width