पोखरा, ८ बैशाख । कास्कीको पश्चिमी रुपाकोट–थुम्की सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न नपाउदै भत्किएको छ ।
पोखरा र रुपाकोट गाउँपालिकाको सीमाना खोला छेउबाट सुरु हुने सडकको ठाउँठाउँमा भत्किएर माटो देखिएको छ । रुपाकोटदेखि थुम्कीसम्मको सडक १३ किलोमिटर लम्वाईको छ । सडक भत्किएपछि स्थानीयले गाउँपालिकामा सूचना गरेका छन् ।
अलकत्रा बढी परेर टायरलाई समातेपछि सडक भत्किएको हुन सक्ने गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । ‘प्राविधिक कुरा हो । हामीलाई खासै थाहा हुँदैन, उनले भने–तर बढी अलकत्रा परेका कारण भत्किएको अनुमान छ । हामी हेर्न जाँदै छौं ।’
बर्षौअघि फेल खाईसकेको ओटाशील प्रणालीको पीच एसएनआरटिपी मार्फत कास्कीमा पुनः सुरु भएको थियो । यो सडक पनि सोही परियोजना मार्फत ओटाशील गरिएको हो । विनियोजित १६ करोड मध्ये ठेकेदारले १३ करोड रुपैयाँमा सडक पीच गर्ने ठेक्का पाएको थियो ।
ठेकेदारको लापरबाहीकै कारण सडक भत्किएको स्थानीयको आरोप छ । ‘बनेको महिनादिन पनि भएको छैन । यति छिटो कसरी भत्किन्छ ?, उनीहरुले भने– ठेकेदारको लापरबाहीका कारण सडक कमजोरहुँदा निर्माण गर्न नपाउदै भत्कियो । सडकको काम पूरा नभएकोले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको सरकारी इन्जिनियर नारायण बरालले बताए ।
फाईनल पेमेण्ट पनि बाँकी छ, उनी भन्छन् विटुमीन बढी भएपछि व्लिडिङ हुन्छ । त्यो ठाउँमा बालुवा छर्किनुपर्छ । समस्या समाधान हुन्छ ।’ भत्किएको ठाउँमा ट्रिटमेण्ट गर्न मिल्ने बरालले बताए । खोलाको छेउबाट सुरु भएको सडक थुम्कीमा पुगेर टुंगिन्छ । निमार्ण कम्पनीको ठेकेदारसँग भने सम्पर्क हुन भने सकेको छैन ।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१