पाल्पाली समाजको सहकारी प्रशिक्षण

आदर्श समाज सम्वाददाता
वैशाख ८, २०७६
1_Fotor

पोखरा, ७ वैशाख। पाल्पाली समाज पोखरा सहकारी स्थापनामा अघि बढेको छ।

समाजको पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापनाको लागि पोखरा महानगरपालिका सहकारी शाखाद्वारा शेयर सदस्यहरुलाई पूर्व सहकारी प्रशिक्षण दिइएको छ।

पोखरामा शनिबार महानगरपालिकाको सहजीकरणमा भएको प्रशिक्षणमा महानगर सहकारी शाखा प्रमुख उदयबहादुर पराजुली, महानगरका सूचना अधिकारी गंगालाल सुवेदी, महानगर सहकारी व्यवस्थापक समितिका संयोजक तेजनारायण अधिकारीले सहकारीको इतिहास, सहकारीको महत्व, संचालन प्रक्रियाबारे जानकारी दिए।

समाजको प्रस्तावित सहकारीको सुरुवातको कार्यक्षेत्र वडा ८, ९ र ११ तोकिएको छ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्वितीय उपाध्यक्ष बालचन्द्र परियार र संचालन महासचिव श्रीधर पराजुलीले गरेका थिए।

हाल देशभर ३४ हजार ६ सय १२ सहकारी संस्था संचालन रहेकोमा पोखरा महानगरभित्रै ३ सय १७ सहकारी रहेको महानगर सहकारी शाखा प्रमुख पराजुलीले जानकारी दिए।

सहकारी ऐनअनुरुप संस्था स्थापना अघि सम्बन्धित संस्थाका शेयर सदस्यलाई पूर्व सहकारी प्रशिक्षण लिनुपर्ने प्रावधानअनुरुप सो भएको समाजका कोषाध्यक्ष सञ्जय आत्रेयले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width