जलेर बालकको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७६
McDonalds+Fire+Clay+Co+1+16+9

पोखरा,७ बैशाख । बागलुङ निसीखोला गाउँपालिका–२ देवीस्थान निवासी तीन बर्षीय बालक विशाल सुनारको आगोले जलेर मृत्यु भएको छ, भने अर्का बालक भागेर बाच्न सफल भएका छन् ।

बिमल सुनारको ढुंगामाटोले बनेको दुई तलाको घरमा शनिवार विहान ९.३० बजे घरमा कोही नभएको अवस्थामा खाना पकाउने चुलोमा आगो खेलाउँदा घरमा आगो सल्किँदा आगोले जलेर बिमलका छोरा विशालको मृत्यु भएको हो । विशालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बिमल सुनारका पाँच बर्षीय छोरा बिनोद सुनार भागेर बाच्न सफल भएका छन् । उक्त घरमा लागेको आगजनी प्रहरीले नियन्त्रणमा लिएको थियो । आगजनीवाट घरमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएका प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width