भरतपोखरीमा ४७ जनाद्वारा रक्तदान

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७६
blood donetion

?

पोखरा, ७ बैशाख ।  सुरक्षा पालुवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको कालिकास्थानमा आज आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले रक्तदान जीवनदान भएको बताउँदै यस किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

आँफूहरू वडालाई सुन्दर बनाउने अभियानमा जुटेको उल्लेख गर्दै उनले यसका लागि यहाँ कृयाशिल सहकारीहरूको महत्वपूर्ण भूमिका हुने बताए ।

कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष टुल्कनाथ आचार्यले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षेनी नियमित रक्तदान गर्दै आएको जानकारी दिए ।

उनका अनुसार सहकारीले वार्षिक ५७ करोड रुपैयाको कारोबार गर्दै आएको छ । सात करोड शेयर पुँजी रहेको सहकारीमा एक हजार ८८६ जना शेयर सदस्य छन् । पोखरा ३३ कालिकास्थानमा प्रधान कार्यालय रहेको सहकारीको प्रधान कार्यालय सहित पाँचवटा सेवा केन्द्र सञ्चालनमा छन् ।

संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक माधवप्रसाद कंडेलको स्वागत तथा सदस्य गोपिराज अधिकारीद्वारा सञ्चालित कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार शिवदत्त तिवारीले रक्तदानको महत्व लगायतका विषयमा प्रकाश पारे ।
उक्त कार्यक्रमकै अवसरमा संस्थाका का.वा. प्रमुख प्रबन्धक विष्णुप्रसाद चापागाईले प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद अधिकारीलाई कार्यभार सुम्पेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width