जिपमा झुण्डिएर यात्रा गर्दा टिप्परमा टाउको ठोकिएर मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७६
UttarkashiAccident

नवलपरासी, ७ बैशाख । पूर्वी नवलपरासीको भित्री सडक खण्डमा जिपमा झुण्डिएर यात्रा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा शुक्रवार राति जिपमा यात्रा गरिरहेका यात्रु विनयी त्रिवेणी – ५, का २५ बर्षीय पदम सुनाखरी मगरको टाउको टिप्परमा ठोकिएर निधन भएको प्रहरीले जनाएको छ ।

विनयी त्रिवेणी गाँउपालिका–५, पिडारीमा दुम्किबासबाट छुटेको ग १ च ३५३० नम्बरको जिपमा यात्रा गर्ने क्रममा सडक छेउमा रोकिराखेको ग १ ज ८२२१ नम्बरको टिप्परमा टाउको ठोक्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width