चिप्लेढुंगा स्थित मानवअधिकार चोक नजिकै बम भेटियो

आदर्श समाज सम्वाददाता
वैशाख ७, २०७६
p 0007

पोखरा, ७ बैशाख । पोखरा अति व्यस्त सडक पोखरा–९ मानवअधिकार चोकबाट पचासमीटर दुरी दक्षिणपट्टीको सडकमा शनिवार विहान बम भेटिएपछि नेपाली सेनाको प्राविधिक टोलीले निश्क्रिय पारेको छ । बम एउटा कागजको गोलो प्याकेटमा टेपले वेरेर राखिएको थियो ।

सडक छेउमा विहान सात वजे स्थानीयले बम देखेपछि सुरक्षाकर्मीलाई खवर गरेका थिए ।सडक छेउमा बम भेटिएपछि सर्वसाधारणलाई क्षति नहोस् भनेर उक्त वम राखिएको क्षेत्रलाई नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा घेरामा राखेको थियो । बम भेटिएको डेढ घण्टापछि ८.३० वजे नेपाली सेनाको प्राविधिक टोली त्यहाँ पुगेर बम निश्क्रिय पारेको हो ।

दुई दिन अघि वैशाख पाँच गते विप्लव समूहले घोषणा गरेको बन्दका दिन सोही स्थानको ५० मीटर पूर्वको सडक छेउमा बम राखिएको थियो । उक्त सडक व्यापारिक दृष्टिकोणले अत्यन्तै व्यस्त सडक हो । उक्त बम विप्लव समूहले नै राखेको हुन सक्ने आशंका कास्की प्रहरीको छ ।

शनिवार राखिएको बम नजिकै्रको दुरीमा नजान अनुरोध गर्दागर्दै सुरक्षाकर्मीको अनुरोधलाई अटेरी गरी मोवाइलवाट भिडियो खिच्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width