भरतपुर, ७ वैशाख । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना६३प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना६ख १७७५ नंको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल पछाडि सवार कालिका नगरपालिका–४ पदमपुर बस्ने ३० वर्षीय रामजी महतोको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मोटरसाइकल चालक सोही स्थानका २२ वर्षीय कृष्णनाथ महतोको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा नै उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै शुक्रबार राति नै राप्ती नगरपालिका–१ पिप्लेमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना१९प ९९३२ नंको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकल चालक मकवानपुर काँकडा–५ का २७ वर्षीय गोपिलाल स्याङताङको दुर्घटनास्थलमै मृत्यु भएको हो । मृतकको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१