निर्मला पन्तका हत्यारालाई सरकारले लुकाउने काम गरेको छ– काँग्रेस नेता देउवा

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७६
57383167_358200968236309_1499745181820256256_n

पोखरा, ६ बैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी नेतृत्वकोे सरकारले बालिका निर्मला पन्तका हत्यारालाई लुकाउने काम गरेको आरोप लगाएका छन् ।

कास्कीको माछापुच्छ«े गाउँपालिका– २ सार्दीखोालामा निर्मित बीपी स्मृति भवनको शुक्रबार उद्घाटन गर्दै देउवाले भने–हत्यारा लुकाउने र बचाउने कार्यमा लागेको सरकारले आम सर्वसाधारणलाई कसरी न्याय दिन्छ ।

केपी नेतृत्वको सरकारले न्यायलय, अख्तियार, विश्व विद्यालय, चिकित्सा शात्र, संबैंधानिक आयोग सवैलाई आफ्नो मुट्टीमा लिएर लोकतन्त्रको खिल्ली उडाइरहेको आरोप देउवाको छ । देशको राजनत्कि अवस्था यतिवेला अत्इन्तै अप्ठेरो अवस्थामा छ, देउवाले भने केपी नेतृत्वको एक बर्षै कार्यकालमा कुनै राम्रा काम हुदै भएनन् ।

एक बर्षे शासनकालमा कर वृद्धि, मंहगी, भ्रष्टाचार, अशान्ति, अन्याय मात्र जनताले प्राप्त गर्न सके, देउवाले भने – वर्तमान सरकार तानाशाह वन्न खोजेको छ, लोकतन्त्रको रक्षा अब काँग्रेसले गर्नु पर्ने अवस्था आएको छ ।

भ्रष्टाचारले सीमा नाघेको छ, हुदाँहुदै तत्कालिन राजा महेन्द्रले अधिग्रहण गरेको वालुवाटारको जग्गा समेत नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो नाउँमा दर्ता गरेर खाने काम गरे । सरकारी जग्गा समेत खरिद विक्री भएको सुन्दा अचम्म लागेको छ, त्यस जग्गा प्रकरणमा मुद्दा अब काँग्रेसले अगाडि बढाउछ, देउवाले भने ।

लोकगायक पशुपति शर्माले गाएको गीत लुटन सके लुट कान्छा लुटन सके लुट वर्तमान सरकारसँग ठ्याक्कै मेल खान्छ । दुई तिहाईको सरकार सम्मृद्धि दिन भन्दा पनि भ्रष्टाचार र जनतामा आतङक मच्चाउन आएको जस्तो देखिया, देउवाले भने –केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाली जनताले तिरेको कर लुटिरहेका छन् ।

केपी नेतृत्वको सरकारले एक वर्षको समयमा कुनै राम्रो काम गरेका छैनन, काण्डै–काण्ड मच्चाएका छन् । आम नागरिक वर्तमान सरकार प्रति रुष्ट भएको छन्, आम नागरिकको मुद्दालाई सम्वोधन गर्दै अब नेपाली काँग्रेसले देशैभरी जनजागरको अभियान ल्याउछ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले केपी शर्मा ओली नेपालको भ्रष्टाचारी प्रधानमन्त्रीको रुपमा चिनिएको बताए । उनले जताततै कमिसनै कमिसन खाएर देश र जनतालाई खोक्रो पारेको आरोप लगाए ।

वाइडवढी खरिद, वुढीगण्डकी जलविद्युत आयोजना, एनसेलमा अरबौ कमिशन खादा समेत वालुवाटारको सरकारी जग्गामा समेत उनीहरुको आँखा लाग्यो गुरुङले भने – आम नागरिकले विकल्पको सरकार खेजिरहेका छन् ।

अर्का केन्द्रीय सरकार अर्जुन जोशीले के्पी नेतृत्वको सरकारले कम्युनिष्टको खोल ओठेर अरबौ भ्रष्टाचार गरिरहेको आरोप लगाए ।

Related News

सम्बन्धित समाचार

hero news full width