लायन्स क्लब अफ पोखरा पिस सिटीमा सिग्देल

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७६
IMG_3530

पोखरा, ६ बैशाख । लायन्स क्लब अफ पोखरा पिस सिटीको अध्यक्षमा अर्जुन सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । बिहिबार सम्पन्न अधिवेशनले लायन वर्ष २०१९÷२० का लागि नयाँ नेतृत्व चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा रामप्रसाद अधिकारी, द्वितीय उपाध्यक्षमा राजेश रानाभाट, तृतीय उपाध्यक्षमा ई हरीप्रसाद अधिकारी, सचिवमा युवराज खनाल, क्लब ब्यवस्थापकमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिपेन्द्र चालिसे र सह–कोषाध्यक्षमा लोकनाथ अधिकारी चयन भएका छन् ।

यसैगरि एलसिआइएफ कोर्डिनेटरमा शैलेष रायमाझी, मेम्बरसिप चियरपर्सनमा तिर्थराज सुवेदी, सर्भिस चेयरपर्सनमा बलराम केसी, क्लब मार्केटिङ कम्युनिकेशन चेयरपर्सनमा प्रमोद ओझा, टेमरमा पुष्पराज पौडेल, पिआरओमा लोकेन्द्र अर्याल, टेइलटुस्टरमा निर्मल बास्तोला चयन भएका छन् भने डाइरेक्टरहरुमा ई. राजेन्द्र ढकाल, डा. असिम सुवेदी, महेन्द्र पण्डीत चयन भएको कार्यक्रम संयोजक तथा निवर्तमान अध्यक्ष जिवन ढुंगानाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width