लेखनाथ, ५ वैशाख। प्रजातन्त्र सेनानी पोखरा–२७, अर्घौचोक निवासी हिरामणि सुवेदीको विहीवार रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ।
वरिष्ठ समाजसेवी एवं साहित्यकार सुवेदीको ८४ औं पूजनोत्सव अवसरमा लेखनाथ नगर क्षेत्रका विभिन्न सामाजिक संघसंस्थाहरुले सामूहिक रुपमा नागरिक अभिनन्दन गरेका हुन्।
प्रजातान्त्रिक आन्दोलनक्रममा विसं २०१७, २०१९ र २०४६ गरी करिब २ वर्ष कारावास भोगेका सुवेदीले समाजसेवा, विद्यालय स्थापना, खानेपानी, पुस्तकालय, रेडक्रस लगायत सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै नागरिक अभिनन्दन गरिएको हो।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनलाई अभिनन्दन गर्दै सबैको सहयोगले लोकतन्त्र आएको र सुवेदीजस्तै कर्मठ देशभक्त नागरिकले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
पार्टीगत स्वार्थभन्दा माथि उठेर देश र जनताको सेवामा निरन्तर लागिपरेका सुवेदीको उच्च प्रशंसा गर्दै नेता पौडेलले नागरिक अभिनन्दनबाट सुवेदी योगदानको पुष्टि भएको बताएका थिए। सोही अवसरमा सुवेदीको जीवनीमा आधारित हिरामणि सुवेदी अभिनन्दन ग्रन्थ विमोचन गरिएको समिति संयोजक खगेन्द्रराज आचार्यले जनाए।
अभिनन्दन समारोह पूर्व लेखनाथको अर्घौचोक, सुन्दरी बजार, लक्ष्मी माविहुँदै अर्घौचोकबाट आवासनगरको शिव मन्दिरमा पुगी पुनः घरेलुचौरसम्म विभिन्न संघसंस्था र नागरिक समाजको सहभागितामा रथारोहण गराइएको थियो।
कार्यक्रममा पूर्व कानून मन्त्री यज्ञबहादुर थापा, वडा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, भागवत्भास्कर कमलनयन गौतम, पूर्व माननीय देवीरमण न्यौपाने, नेकपा कास्कीका नेता श्रीनाथ बराल, कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराई, परिवारतर्फबाट बिन्दु सुवेदी, सुवेदीका दामली भोजराज भण्डारी, लक्ष्मी माविका प्रअ जगनाथ अधिकारी, अभिनन्दन ग्रन्थका सम्पादक माधव वियोगी, अभिनन्दन समितिका सदस्य डा जगनाथ रेग्मी, चतुर्भुज पौडेल लगायतले सुवेदीको दीर्घजीवनको कामना गरेका थिए।
कार्यक्रममा अभिनन्दित व्यक्तित्व सुवेदीले विभिन्न सामाजिक संघसंस्थाका लागि अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गरेका थिए।
अभिनन्दन समारोह संयोजक खगेन्द्रराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव महेश्वर पाण्डेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१