लामडाँडा मेला सकियो

एजेन्सी
वैशाख ६, २०७६
mela_Fotor

पोखरा, ५ वैशाख । पोखरा–२० स्थित जनउत्थान युवा क्लब, लामडाँडाको ३२ औ वार्षिकोत्सव तथा नयाँ वर्ष लामडाडा मेला बुधवार समापन भएको छ।

वैशाख १ देखि शुरु भएको मेला अवसरमा आयोजित गाउँस्तरीय भलिबल प्रतियोगिताको उपाधि जुरेभूमि युवा क्लब तप्राङले जितेको छ।

विजेता तप्राङले नगद ५० हजार र उपविजेता चण्डी युवा क्लब सावेतले ३५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पायो। यस्तै, जनसेवा युवा क्लब थाकले तृतीय भई १० हजार पुरस्कार पाएको छ।

१५ टिमको सहभागिता रहेको भलिबल प्रतियोगितामा चण्डी युवा क्लब सावेत अनुशासित टिम, सावेतका खेलाडी मनोज गुरुङ सर्वोत्कृष्ट खेलाडी र बेष्ट लिब्रोमा जुरे भूमियुवा क्लब तप्राङका प्रकाश छिलान घोषित भए। विवाहित चेलीवेटीबीच आयोजित कुर्सी घुमाइ खेल प्रतियोगितामा प्रथम माया गुरुङ र द्वितीय भक्ति गुरुङ भई दुवै जनाले ट्रफी र मायाको चिनो प्राप्त गरे।

यसैगरि पहलमान दाजुभाइहरुलाई लक्षित गरी आयोजित छेलो प्रतियोगितामा मादी ३ का लिलबहादुर परियार प्रथम भए। विजेता परियारलाई क्लबतर्फबाट ५ हजार प्रदान गरिएको क्लबका सचिव भीम गुरुङले जानकारी दिए।

मेलावाट हुने आम्दानीले क्लबको आफ्नै भवन, भलिबल तथा वास्केटबल खेल मैदान निर्माण, अनाथ, असहाय तथा बाल अधिकार संरक्षणमुलक कार्यक्रम संचालन र महिला उत्थान तथा सीपमूलक जनजागरण कार्यक्रम संचालन गरिने उद्देश्य छ।

कार्यक्रममा संगीत स्टार सिजन १ का विजेता दीपेश गुरुङको प्रस्तुति, निश्चल डान्स एकेडेमीको सांस्कृतिक कार्यक्रम साथै स्थानीयबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत भएको थियो।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width