पोखरा, ५ वैशाख। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, बैदामले वातावरण प्रदूषित प्लाष्टिक विकल्पको अभियानमा शुरु गरेको छ।
संस्थाले डिभिजन वन कार्यालय कास्कीको सहयोगमा महिला दिदीबहिनीहरुलाई प्लाष्टिक विकल्पमा झोला बनाउन सिकाइ सोबाट उत्पादित झोला वितरण गरेको छ।
केन्द्रको सभाहलमा बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले ती झोलाहरु बैदाम क्षेत्रका विभिन्न आमा समूह, सामुदायिक सेवा केन्द्र लगायतलाई संस्थागतरुपमा वितरण गरिन्।
सो अवसरमा भएको प्लाष्टिक प्रदूषणसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उपसभामुख शर्माले केन्द्रले गरेको कार्य सह्राहनीय भएको भन्दै प्रशंसा गरिन्। उनले प्लाष्टिक प्रयोगबाट वातावरण तथा मानव स्वास्थ्यमा निकै हानी पुगेको चर्चा गर्दै प्लाष्टिक विकल्पमा कपडाको झोला प्रयोगले वातावरणमैत्री बनाउन सघाउ पुर्याउने बताइन्। उनले आगामी दिनमा प्रदेश सरकारले संस्थाको अभियोगको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन्। कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले सामुदायिक बैदामले विकृति विसंगति न्यूनीकरणका विभिन्न कार्य गदैर्आएको चर्चा गर्दै पछिल्लो समय गरेको यो कार्य नमूनायोग्य भएको बताए।
सो अवसरमा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका पूर्व अध्यक्ष एवं वडा प्रतिनिधि विष्णुबहादुर भट्टराई, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा, बैदामका संस्थाका अध्यक्ष मंगलबहादुर नेपाली, डिभिजन वन कार्यालयका रेञ्जर नवराज शाही, संस्थाका सल्लाहकार एवं पर्यटन बोर्डका पूर्व सदस्य अग्नि कँडेल, सल्लाहकार देवका पहारी, मितेरी नारी समूह अध्यक्ष मीरा पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
अध्यक्षको आसनबाट बोल्दै सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईले केन्द्रले तालिमसहित कार्यक्रम सम्पन्न गर्न सघाउ पुर्याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्य गर्दै जाने बताइन्। प्लाष्टिकको विकल्पमा झोला बनाउने तालिममा डिभिजन वन कार्यालयले आर्थिक सहयोग गरेको थियो। सो अवसरमा वातावरणविद् कल्याण पन्त र सन्तोष पौडेलले प्लाष्टिकको विकल्प र वातावरण प्रदूषण न्यूनिकरणका उपायबारे सहजीकरण गरेका थिए।
कार्यक्रममा स्वागत केन्द्रका सदस्य ओमविक्रम ओझा र संचालन सचिव नेत्रलाल भण्डारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९