कृतिले गरिन् विद्यार्थीलाई खाजा सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७६
kriti 2_Fotor

पोखरा, ५ वैशाख। सानै उमेरदेखि दयालु स्वभाव थियो उनको। अरुको दुःख देख्नै नसक्ने। बाल्यकालदेखि नै वृद्ववृद्वासँग घुलमिल हुन रुचाउने २३ वर्षीया कृति श्रेष्ठले आफ्नो जन्मदिन पारेर कास्कीको धितालस्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वर्षैभरि पुग्ने गरी खाजा रकम सहयोग गरेकी छन्।

पोखरा–६ जरेवरस्थित ठाडोपसल निवासी कृति आफ्ना बाबुआमा र चाडपर्वमा दिएको दक्षिणा र फुरमास गर्न दिएको पैसा वर्षभरी संकलन गर्छिन् र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई जन्मदिनमा सहयोग गर्ने गर्छिन्।

उनले गत फागुन २७ मा धितालस्थित कैलाश टेप्सुओ आधारभूत विद्यालयका विद्यार्थीलाई २५ हजार रुपैयाँ प्रदान गरेकी हुन्।

कृतिका सहयोगी हात यस वर्ष २७ जना दलितसहित ३५ विद्यार्थी अध्ययनरत् धितालको कैलाश टेप्सुओ आधारभूत विद्यार्थीमा पुगेको छ। सरकारले आर्थिक समृद्धिको नारा अगाडि सारे पनि अझै पनि शहर नजिकैका गाउँका सामुदायिक विद्यालयमा समेत अध्ययन गर्न सक्ने र त्यहाँसम्म पुग्ने सक्ने अवस्थामा विद्यार्थी छैनन्।

काठमाडौं केसीएम कलेजबाट बीबीए र थाइल्याण्डबाट स्नातक गरेकी कृति बाल्यकालदेखि नै सहयोगी भावनाकी थिइन्। उनले २०७२ वैशाख १२ को विनासकारी भूकम्पबाट घाइते भई पाटन अस्पतालमा उपचार गदैर्गरेका घाइतेको स्याहारसुसारमा पनि सहयोग जुटाएकी थिइन्।

अघिल्लो वर्ष उनकै आमा उर्मिलाले उक्त विद्यालयका विद्यार्थीलाई एक वर्षको खाजा खर्च वापतको पैसा प्रदान गरेकी थिइन्। उर्मिलाले सो विद्यालयका विद्यार्थीलाई आवश्यक स्टेशनरी र खेलकूदका सामग्री खरिद गर्न ३७ हजार रुपैयाँ सहयोग प्रदान गरेकी थिइन्। उर्मिला लायन्स क्लब अफ पोखरा समर्पणको भूपू अध्यक्ष समेत हुन्।

उर्मिलाले भनिन्, ‘एक वर्ष अघि घुम्दै जाँदा विद्यालयमा पढ्न विद्यार्थी, विद्यालयको भौतिक संरचना भत्कनै लागेको देखेपछि उक्त विद्यालयका विद्यार्थीलाई केही मात्रामा भएपनि सहयोग गर्ने निर्णय गरेँ। सो विद्यालयका विद्यार्थीका लागि प्रत्येक वर्ष निरन्तर सहयोग गर्ने छु,। ’ आउँदो भदौमा उनले पुनः केही थप रकम सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरेकी छन्।

विद्यालय प्रअ चुनमाया गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थी अधिकांश दलित समुदायका रहेको जनाउँदै अभिभावकलाई छोराछोरी पढाउनु पर्छ भन्ने भावनाको विकास गर्दै विद्यार्थी स्कूलसम्म ल्याउने वातावरण बनाएको बताइन्।

Related News

सम्बन्धित समाचार

hero news full width