संचारकर्मी गिरी साधारण तारेखमा रिहा

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७६
57044334_10217450909856814_4956137495008903168_n

पोखरा, ५ बैशाख । साइबर अपराधको मुद्दा लागेका पत्रकार अर्जुन गिरी विहीवार साधारण तारेखमा रिहा भएका छन् ।

चार दिन अघि पक्राउ परेका गिरीलाई विहीवार काठमाण्डौ जिल्ला अदालतका जिल्ला नयायधीश अम्बरराज पौडेलले एकल इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई पोखरा निवासी विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेकै आधारमा बतासले गिरीलाई विद्युतीय अपराध अन्तर्गत उजुरी दिएका थिए । उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गिरीलाई नियन्त्रणमा लिएको थियो ।

मुद्दा लगाईएका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले मंगलवार तीन दिन म्याद थप गरेको छ । विद्युतीय अपराध अन्तरर्गत मुद्दामा कास्की प्रहरीले गिरीलाई सोमबार पक्राउ गरेर थियो । गिरीलाई सोमबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको रोहोबरमा छाडिएको भएपनि मंगलवार पुन थुनामा राखिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width