Worldlink ads

गाउँपालिकाको कार्यालयमा बम विष्फोट

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७६
57313579_428889024323562_5499314144848904192_n

पाल्पा ५ बैशाख । विप्लव समूहले पाल्पाको रिव्दिकोट गाउँपालिकामा बम विष्फोट गराएको छ । गएराति साढे एक बजेको समयमा गाउँपालिकाको कार्यालय भवनमा बम विष्फोट भएको हो ।

सुतिरहेको समयमा वम विष्फोट भएपछि स्थानीयवासी त्रसित बनेका थिए । गाउँपालिकको वडा नम्बर ३ को वडा अध्यक्ष सचिव बस्ने कोठा छेऊमा वम विस्फोट भएको छ । विष्फोटबाट वडा अध्यक्ष र सचिवको कार्यकक्षमा क्षति पुगेको छ ।

विस्फोटबाट एक थान कम्प्यूटर, एक थान प्रिन्टर, तीन वटै तल्लाको अगाडि भागको झ्¥यालका सिसा फुटेको, एउटा ढोका, भवन अगाडीको ट्रस ध्वस्त भएको र भवनको ग्राहो समेत केही चर्किएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जि.सी.ले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width