नदिपुरमा राखेको बम निश्क्रिय पार्ने क्रममा एक सैनिक घाइते

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७६
p 05

पोखरा, ५ बैशाख । विप्लव समूहद्वारा विहीवार विहान पोखराको नदिपुर स्थित गण्डकी प्रदेश सभा भवन नजिकै राखिएको बम निश्क्रिय पार्ने क्रममा एक सैनिक घाइते भएका छन् ।

नदिपुर स्थित प्रदेश सभा नजिकैको सडक छेउमा राखिएको बम निश्क्रिय पार्ने क्रममा प्राविधिक समस्या आँउदा नेपाली सेना कालीभञ्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देव्रेहातको पञ्जा र औँलामा क्षेति पुगेको छ । घाइते थाापाको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकररी दिए ।

विप्लव समूहले विहीवार नेपाल बन्दको आब्हान गरेको हो । विहीवार विहानै पोखराको नदिपुर स्थित गण्डकी प्रदेश सभा भवन नजिकैको सडक छेउमा र लेखनाथको सैनिक वस्तीमा दुई वटा बम फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

लेखनाथ स्थित सैनिक बस्तीको बम नेपाली सेनाको प्राबिधिक टोलीले निश्क्रिय पारेको छ भने नदीपुर स्थित प्रदेश सभा भवन नजिकैको वम निश्क्रिय पार्ने काम भइरहेको प्रहरी प्रवक्ता गुरुङले जानकारी दिए ।

ति बमहरु विप्लव समूहले राखेको आशंका गरिएको छ । उक्त समूहको बन्द प्रभाव पोखरामा सामान्य रुपमा परेको छ । केही मात्रामा निजी सवारी साधन र केही सार्वजनिक यातायातका साधन चलेको भएपनि अधिकांश संचालनमा छैनन् । प्रहरी स्कटिङमा विहीवार विहान २८ वटा वस पोखराबाट काठमाण्डौका लागि छुटेको जानकारी प्रहरी प्रवक्ता गुरुङले दिए । अप्रिय घटना नहोस् भनी पोखराका विभिन्न चोकमा सशस्त्र र जनपथका सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

Related News

सम्बन्धित समाचार

    • गण्डकीमा २७७ निको, ४ को मृत्यु

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा थप २ सय ७७ जना निको भएका छन् । शुक्रबार ४ सय १० संक्रमणमुक्त भएकोमा शनिबार निको…
    • नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      काठमाडौं, ९ साउन । नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको ढिलाइका कारण आशन्न १४औँ महाधिवेशनअन्तर्गत अन्य महाधिवेशन कार्यतालिका प्रभावित भएको छ ।…
    • अग्रपंक्तिमा खटिनेलाई १ करोड भत्ता

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      हेमजा  । गण्डकी प्रदेश सरकारले कोरोना रोकथामका लागि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइकर्मीको प्रोत्साहनका लागि १ करोड रकम विनियोजन गर्ने…
    • घटेन सक्रिय संक्रमित

      आदर्श समाज सम्वाददाता श्रावण ९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा कोरोनाका २ हजार ९ सय ३० जना सक्रिय संक्रमित छन् । लकडाउन खुकुलोसँगै बजारमा चहलपहल बढ्दा सक्रिय…
    • पोखरेल सरकार पूर्ण

      आदर्श समाज सम्वाददाता श्रावण ८, २०७८
      पोखरा । गण्डकी सरकारले पूर्णता पाएको छ । ११ मन्त्रालय रहेको यहाँ शुक्रबार थप ६ जना मन्त्रीको नियुक्तिसहित कार्यविभाजन टुंगाइएको…

    hero news full width

    Gandaki University

    sanil ads

    wordlink ads