ट्याक्टर दुर्घटनामा महिलाको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७६
hhhh

पोखरा,४वैशाख । पोखरा–१४चाउथेमा मंगलवार साँझ ट्याक्टर दुर्घटनामा परी सडक छेउमा हिडिरहेकी एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा परी पोखरा–१४ निवासी ५५ वर्षीया रमादेवी खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । ग १त ३१५७ नंको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी खड्काको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो ।

उक्त ट्याक्टरले अर्को ट्याक्टरलाई उछिन्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक भने फरार रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width