पोखरा ३, वैशाख। पञ्चकोशी आर्थर डाँडाखर्क समाज पोखराले पर्वत जिल्लाको लोपोन्मुख लोकभाकाको संरक्षण अभियान अघि बढाएको छ।
समाजले मंगलबार पोखरामा सोरठी नाच, ठाडोभाका, सुनिमाया लगायतका लोपोन्मुख लोकभाका तथा नृत्यको छायांकन शुरु गर्यो।
नववर्षको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङले लोपन्मुख लोक संस्कृतिको संरक्षणका लागि पञ्चकोशी समाजले गरेको प्रयास प्रशंसनीय रहेको बताए।
साथै उनले त्यस अवसरमा ठाडो भाकाको गीत गाएर श्रोताहरुलाई मन्त्रमुग्ध पारेका थिए।
समाजद्वारा प्रकाशित नयाँ वर्ष क्यालेण्डर विमोचन गर्दै पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुकुमारी गुरुङले नयाँ वर्षमा नयाँ सोच र योजनाका साथ अघि बढ्नु पर्ने बताइन्।
यसैगरी उनले गतिशील र परिवर्तनशील बनेर जीवनलाई सार्थक बनाउनु पर्नेमा जोड दिइन्। समाजका प्रमुख सल्लाहकार शेरबहादुर गुरुङले– ‘संस्कृतिको संरक्षणका लागि कार्यक्रम आयोजना गरिएको बताए’।
त्यस अवसरमा कुश्मा नगरपालिका–१४ का वडाध्यक्ष भीमप्रसाद गुरुङ र समाजका पूर्व अध्यक्ष क्या. लालप्रसाद गुरुङले शुभकामना मन्तव्य राखेका थिए।
समाजका अध्यक्ष सई कमल गुरुङले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारे। उपाध्यक्ष क्या. कुलबहादुर गुरुङको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव नासु मेखबहादुर गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पारित भयो गण्डकीको नीति तथा कार्यक्रम
प्रमुख सचिवलाई अब प्रदेश र स्थानीय तहका कर्मचारीको असाधारण बिदा स्वीकृत गर्ने अधिकार
मुग्लिन–पोखरा सडक : घरटहराको मुआब्जाका लागि रकम अभाव
यती एअर दुर्घटना: क्षतिपूर्ति हकदाबी गर्न आग्रह
प्रतियोगिताका लागि विद्यार्थीले थुपारे स्कुलमा फोहोर
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममाथि छलफल : एकल पुरुष भत्ताको व्यवस्था हुनुपर्ने माग
पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी, चीनबाट ल्याइयो ८ वटा विशेष डुंगा
जेठ २५, २०८०जिसस स्याङ्जाको गाडी दुर्घटना, चालकको मृत्यु, ३ घाइते
जेठ २४, २०८०मुर्रा राँगो : भैंसीको नश्ल सुधारका लागि विशेष योगदान
जेठ २४, २०८०उच्च शिक्षा प्रदेशकै एकल अधिकारमा पर्छ माननीय ज्यू !
जेठ २४, २०८०सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना
जेठ २३, २०८०