मन्दिर पुनःनिर्माणका लागि  एक करोड सङ्कलन

रासस
वैशाख ४, २०७६
maxresdefault

गलकोट, ४ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनःनिर्माणका लागि एक करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ ।

मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा एक करोड १० लाख रुपैयाँ सङ्कलन भएको महायज्ञ आयोजक समितिले जनाएको छ । ब्रम्हालीन एक हजार आठ स्वामी परमानन्द सरस्वतीको जन्मथलो परमेश्वर राम मन्दिर इनारपानी पौवाडाँडामा विसं २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको थियो ।

भूकम्पले भत्काएको मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव भएका कारण महायज्ञको आयोजना गरिएको हो । भूकम्पका कारण राम मन्दिरको कुटी, वाचनालय, धर्मशालालगायतका संरचना पूर्णरूपमा ध्वस्त पारेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष टीकाराम कँडेलले बताए ।

मन्दिरको विकासका लागि धार्मिक व्यक्ति, सङ्घसंस्थाले स्वेच्छिकरूपमा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width