गण्डकीबाट खेलाडीको बिदाइ

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७६

पोखरा, २ वैशाख। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशका खेलाडीको बिदाइ गरिएको छ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले पोखरा रंगशालामा आयोजित एक समाारेहमा उनीहरुको बिदाइ गरिन्।

मन्त्री पुनले गण्डकी प्रदेशका खेलाडीहरुलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गरिन्। उनले सकारात्मक सोचका साथ प्रतिस्पर्धामा उत्रिए सही प्रतिफल आउने बताइन्।

गण्डकी प्रदेशका सांसद दीपक कोइरालाले गण्डकी प्रदेशमा अन्तराष्ट्रियस्तरका खेलहरुको आयोजना गर्न खेलकुदको पूर्वाधार आवश्यक रहेको औल्याए।

प्रदेशबाट कुस्ती बाहेक ३४ खेलमा ५ सय ५८ जना खेलाडीहरुले प्रतिष्पर्धा गर्ने कार्यालय प्रमुख लक्ष्मण योगीले जनाए। टोलीमा पुरुष ३ सय २ पुरुष र २ सय ५६ जना महिला खेलाडीहरुले यस प्रदेशबाट सहभागिता जनाउँदैछन्।

राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा यसअघि ट्रायथलन भएको भने पोखरामै प्याराग्लाइडिङ हुँदैछ। अधिकांश खेल प्रदेश ५ अन्तर्गत नेपालगञ्जलगायत सहरमा जारी छन्।

जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालका अनुसार विभिन्न खेल गरी १ हजार ३ सय ७ वटा स्वर्ण पदकको लागि हुने प्रतिस्पर्धामा गण्डकी प्रदेशले कम्तीमा पनि २८ स्वर्ण पदक ल्याउने अपेक्षा छ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सन्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा राखेप सदस्य राजेशकुमार गुरुङ लगायतको सहभागिता थियो।

वैशाख ५ मा हुने उद्घाटन समारोहमा मञ्जु गुरुङको नेतृत्वमा मार्चपास हुनेछ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width