युवागायक गिरीको ‘मीठो पिरती’

विष्णुप्रसाद सापकोटा
वैशाख ३, २०७६
album_Fotor

“तिमी बिना हुन्छु खाली खाली

तिम्रो माया गीतजस्तो मेरो माया ताली।

मीठो, मीठो पिरती

लाइदेउ न मसँग छिटो पिरती। ”

पोखरा, १ वैशाख। युवागायक अर्पणराज गिरीले पुनः ‘मीठो पिरती’ बजारमा ल्याएका छन्। वीरता पुनको साथमा उनको लोकदोहोरी गीत ‘मीठो पिरती’ स्रोता दर्शकसमक्ष आएको हो।

दोहोरी साँझबाट खारिएका युवागायक गिरी पछिल्लो समय ‘पटुकी पोकोमा के होला’ शीर्षकको गीतबाट चर्चामा आएका थिए। किनकि उनको गायनको सो गीत विन्ध्यवासिनी म्यूजिक अवार्ड ३ विधामै नोमिनेसनमा परेको थियो। नवगायक, शब्द र भाखामा उत्कृष्ट ५ मा सो गीत परेको थियो।

बागलुङ जैदी निवासी पिता जगन्नाथ गिरी र मात्रा सुमित्रा गिरीका ४ छोरा र २ छोरीमध्ये उनी कान्छा हुन्।

सानैदेखि गायनमा रुची राख्ने गिरीले गाउँमा छँदा स्थानीय कार्यक्रममा भागमात्र लिएनन् जहाँ प्रतिष्पर्धामा भाग लिन्थे त्यही पुरस्कार जितेर फर्किन्थे। भन्छन्, मलाई सानैदेखि गायनमा रुची थियो, सायदै त्यसकै कारण यो पेसा मेरो मनमस्तिष्कमा बस्न सफल भयो।

स्थानीय सतिढुंगा मावि कक्षा ८मा पढ्दा उनले पहिलो पटक माइक समाएका थिए। विष्णु खत्रीको सम्झेर यो मन रोको छ गीत गाउँदा उनको समर्थनमा लामो समयसम्म तालीको गड्गडाहट सुनिएको गिरी अझै पनि सम्झिन्छन्। पछिल्लो समय बजारमा आएको ‘मीठो पिरती’ मा उनैले संगीत भरेका हुन्। प्रल्हाद सुवेदीले लेखेको सो गीत म्यूजिक नेपालको च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा गिरीसँगै मौसम हिमाली र रेणु लामाको अभिनय देख्न सकिन्छ।

“दिन मागे दिन दिउँलो, रात मागे रात

नमाने नि दिउँला मैले पिरती र साथ।

मीठो, मीठो पिरती

लाइदेउ न मसँग छिटो पिरती। ” पिरती। ”

मौसम हिमालीको निदेर्शन रहेको भिडियोलाई करण चैसिरले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका छन्।

उच्च शिक्षाका लागि बागलुङबाट पोखरा झरेका उनले यहाँ छँदा भञ्ज्याङ दोहोरी साँझ, चौतारी दोहोरी साँझमा गायन तथा स्टेज संयोजक भएर कार्य गरे। पृथ्वीनारायण क्याम्पस पढ्दा निकै लोकप्रिय बनेका उनी २०६७ सालदेखि राजधानी काठमाडौंमा संगीत क्षेत्रमै साधनारत छन्।

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width