हिमालय योग शिविर शुरु

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७६
56991117_277614866483547_1792184003151790080_n (1)

पोखरा, २ बैशाख । बाटुलेचौर स्थित हिमालय क्लबद्वारा योग शिविर संचालनमा ल्याइएको छ आयो योग वर्ष, सबैमा छायो हर्ष भन्ने नाराका साथ शुरु भएको शिविर ५ दिनसम्म संचालन हुने क्लबका सचिव प्रकाश थापाले जानकारी दिए ।

दशौं चरणको उक्त शिविरमा सहभागिलाई पतञ्जली योग समितिका केन्द्रीय सदस्य नरेन्द्र लालचन, प्रदेश समितिका मन्त्री विश्वमणि तिवारी, सचिव लक्ष्मण पौडेलले योग र अवस्थाका विषयमा प्रशिक्षण दिएका छन् ।

शिविरमा होमकुमारी थापा, नरनाथ भट्टराई, विना के.सी, लक्ष्मी कुमारी पौडेल, सुन्दर थापा, ताराकुमारी अधिकारी, शारदा तिमिल्सिना, सविता पौडेल र दीपा गायकलाई सम्मान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width