उद्योगमा काम गर्ने मजदुर मृत फेला

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७६
death-penalty_d

पोखरा,२ चैत । पाखेरा–१० औद्योगिक क्षेत्र भित्र सोमबार विहान एक मजदुर मृत अवस्थामा फेला परेका छन् ।

मोरङ जिल्ला भट्टीमोड– १६ घरभई हाल पोखरा औद्योगिक क्षेत्र स्थित टेन्ट टाईलमा काम गर्दै आएका ५२ बर्षीय हरेन्द्र चौधरी विहान आफ्नै कोठामा मृत फेला परेका हुन् । कम्पनी भित्र नै जस्ताले छाएको टहराको एक कोठामा बस्दै आएका चौधरी विहान अवेरसम्म कम्पनीमा काम गर्न नआएपछि उनका साथीले कोठामा गएर हेर्दा उनी कोठाभित्र मृत अवस्थामा भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले घटनाको बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width