पत्रकार गिरी पक्राउ

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७६
57044334_10217450909856814_4956137495008903168_n

पोखरा, २ बैशाख । पोखराका क्रियाशील पत्रकार अर्जुन गिरी पक्राउ परेका छन् । ताण्डव न्यूज साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य गिरीलाई साईवर क्राईमको उजुरीका आधारमा सोमवार विहान प्रहरीले पक्राउ गरेको हो ।

केहीदिनअघि ब्यवसायी विपिन बतासले ठगी गरेको समाचार ताण्डव न्यूजमा प्रकाशित भएको थियो ।सोही समाचारले आफ्नो चरित्र हत्या गरिएको भन्दै बतासले साईवर क्राईम अन्तर्गत उजुरी दिएका थिए ।

पक्राउ परेका पत्रकार गिरीलाई सोमबार नै काठमाण्डौं लैजाने तयारी गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले गिरी विरुद्ध काठमाण्डौ प्रहरीमा उजुरी परेपछि कास्कीले उनलाई पक्राउ गरेको बताए ।

नेपाल पत्रकार महासंघ कास्की शाखाले गिरीलाई पक्राउ गरिएको प्रति आपत्ति प्रकट गरेको छ । महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सोमवार एक विज्ञप्ति प्रकाशित गर्दै समाचारमा तित्त नबुझे नियमनकारी निकाय हुँदाहँुदै साइवर क्राईम सम्वन्धी उजुरी र पक्राउ गर्ने काम गलत भएको ठहर गरिएको छ । विज्ञप्ति मार्फत पक्राउ परेको पत्रकार गिरीलाई तुरन्त रिहा गर्न समेत माग गरिएको छ ।

पछिल्लो समयमा विभिन्न बहानामा पत्रकार र मिडिया माथि आक्रमण र मनोबैज्ञानिक त्रास उत्पन्न गराउने प्रयास भइरहेको छ यस्ता कार्यप्रति आपत्ति जनाउदै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्वन्धित सवैमा महासंघ कास्कीले आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width