आलु महोत्सवको समापन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश सांसद् बिन्दुकुमार थापालाई मायाको चिनो स्वरुप जापनीज सुन्तला प्रदान गदै आयोजक। तस्वीरःश्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, १ बैशाख। हेमजामा संचालित दशौं राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार सकिएको छ। महोत्सव चैत २२ देखि संचालनमा आएको थियो।
स्थानीय विष्णुपादुका क्लबद्वारा आयोजित १० दिनसम्म चलेको थियो। महोत्सव अवधिभर ६५ हजार दर्शकले अवलोकन गर्नुको साथै २५ लाख रुपैयाँ बराबरको आलु बिक्री भएको जानकारी स्वयम्सेवक परिचालन उपसमितिका संयोजक राजेन्द्र थापा (गौरव) ले दिए।
समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले महोत्सवको सन्देशलाई देशैभर पुर्याउनुपनेर्मा जोड दिए। हेमजा कृषिका लागि गण्डकी क्षेत्रकै नमूना ठाउँ भएको चर्चा गरे। उनले प्रदेशले भू–उपयोग नीति ल्याउने तयारी गरेको बताउदै जग्गाको खण्डीकरणलाई रोक्नुपर्ने बताउदै थापाले हेमजामा कोल्ड स्टोरको आवश्यकता भएको औल्याए।
हेमजाका वडाध्यक्ष शोभाकर तिम्सिनाले महोत्सवले हेमजालाई विश्वसामु चिनाएको दावी गर्दै अवदेखि वडाले हेमजा क्षेत्रमा प्लटिङका लागि अनुमति नदिने प्रष्ट पारे। उनले स्थानीय जंगलको सदुपयोग गर्नुपर्ने भन्दै जंगलमा भएका कु–काठका बोट हटाई औषधीजन्य विरुवा उत्पादन गर्नुपर्ने आवश्यकता पनि औँल्याएका थिए। पुर्व सांसद शारदा पौडेलले हेमजा कृषिका लागि नमुना ठाउँ भएको भनाई राखिन्। उनले हिजोआज हेमजा क्षेत्रमा बढ्दो शहरीकरणका कारण हेमजाको आलु गाउँको अस्तित्व संकटमा पर्न सक्ने प्रति सचेत गराइन्। सो अवसरमा नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) हेमजाका संयन्त्र सदस्य माधवशरण पौडेल, महोत्सवका सल्लाहकार रामचन्द्र त्रिपाठी, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना लगायतले पनि धारणा राखेका थिए।
महोत्सव अन्र्तगत भएको राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा प्रथम, बाराही रोधीघर पोखरा द्वितीय साथै दर्पणछाया दोहोरी पोखरा र गण्डकी प्रदेश दोहोरी प्रतिष्ठान सान्त्वना हुन सफल भए।
हेमजामा विशेषज्ञ सहितको अस्पताल निर्माणमा हेमजावासीको ध्यान केन्द्रित हुनु पर्ने बताउदै त्यसका लागि आफ्नो पनि पहल रहने बताए। उनको भनाई थियो। त्यस्तै महोत्सवमा कुल २५ लाखको आलुको कारोवार भएको झाँकी तथा खरिद बिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाको भनाई छ।
त्यस्तै रत्यौली प्रतियोगितामा नमुना आमा समूह प्रथम, आर्वाविजय आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय, इन्द्रेणी आमा समूह सान्त्वना भएका छन् भने राधाकृष्ण आमा समूहको लुठो उत्कृष्ठ घोषित भएको छ। महोत्सवमा आइतबार लोकदोहोरीतर्फ ऋषि अधिकारी, सुरेन्द्र गुरुङ, माया केसी, शिवहरी ढुङगाना, मिना अधिकारी, शंकर पन्त, राजेन्द्र पोख्रेल, हास्यतर्फ लक्ष्मण ढुङगाना लगायतले प्रस्तुति राखेका थिए।
सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो। मूल आयोजक समितिका संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्लवका उपाध्यक्ष सुविन श्रेष्ठले स्वागत तथा संचालन मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९