काठमाण्डौ, २ बैशाख । एक महीना पछि ल्याइने बजेटमा बृद्वभत्ता बृद्धि गर्ने आश्वाशन प्रधानमन्त्री केपी ओलीले दिएका छन् ।
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा राष्ट्रिय अभियानको शुभारम्भ र खोलौं बैंक खाता अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आश्वाशन दिएका हुन् । बर्तमान सरकार बृद्वबृद्वाको भलो चाहने सरकार हो, आउदो बार्षिक बजेटले बृद्वा भत्ता वढाउछ, ढुक्क भए हुन्छ, प्रधानमन्त्री ओलीले भने–२०५१ मा एमालेकै सरकारले बृद्वभत्ता दिन सुरु गरेको हो ।
बृद्व भत्ताले जेष्ठ नागरिकको बाच्ने मनोविज्ञान बढाएको छ, उनीहरुमा अहिले बृद्वभत्ता पाउन यति वर्ष छ भन्ने कुरा चल्ने गरेका छन् जसले उनीरुलाई वढी वर्ष बाच्ने प्रेरणा मिलेको छ, उनले भने– सामाजिक सुरक्षाका हरेक क्षेत्रमा सरकारको ध्यान पुगेको छ ।
प्रधानमन्त्री ओलीले अब कसैले भोकै नांगै बस्नु नपर्ने, मागेर खानु नपर्ने बताएका छन्। त्यस्तो अवस्थाका असाहयको साहारा सरकार हुने प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले स्वास्थ्य बीमा कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचारमा ठूलो भरथेग गर्ने बताए।
नेपाललाई केही वर्ष भित्रै निरोगी नेपाल, स्वास्थ्य नेपाल बनाउँदैछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि हाम्रो खानपानलाई अर्गानिक बनाउछौ, प्रधानमन्त्री ओलीले भने–केही ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमा कार्ड वितरण समेत गरेका थियौ ।
यसैगरी कार्यक्रममा प्रधानमन्त्रीका पिता मोहन प्रसाद ओली र सासु धनमाया शाक्यले बैंक खाता खोलेका थिए। उनीहरुलाई प्रधानमन्त्ती ओलीले राष्ट्रिय वाणिज्य बैंकको चेकसमेत हस्तान्तरण गरे।
Related News
सम्बन्धित समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९