गण्डकी विकास बैंकद्वारा १५ हजार सहयोग

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७६
Mahadan gandaki

पोखरा,१ वैशाख । पोखरा– १७ स्थित राममन्दिरमा संचालित महायज्ञमा गण्डकी विकास बैंकले पन्ध्र हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

राममन्दिर संचालक समिति मूल आयोजक रहेको उक्त महायज्ञमा उक्त बैंकका अध्यक्ष सुशील गौचनले उक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । समितिका अध्यक्ष लीलाभक्त आचार्यलाई उक्त रकम प्रादान गरिएको बेंकका संचालक वासुदेव त्रिपाठीले जानकारी दिए ।

उक्त अवसरमा बैकका कार्यकारी अधिकृत रेशमबहादुर थापा, नायव कार्यकारी प्रमुख अधिकृत छवीन्द्रनाथ शर्मा, तारानाथ लम्साल लगायतको सहभागिता थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width