सर्लाही, १ वैशाख । सर्लाहीको लालबन्दीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –१ स्थित सडक खण्डमा आइतबार बिहान बा.३ ख १३१८ नम्बरको बस पल्टेर दुर्घटना भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता दानबहादुर थापाका अनुसार दुर्घटनामा सुनसरीको रामधुनी नगरपालिका –९ का ४० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै दुहबी नगरपालिका बस्ने २३ वर्षीय अनिल उराव र मोरङको बूढीगंगा गाउँपालिका ६ बस्ने २२ वर्षीय बबली राउत रहेका छन् ।
उनीहरुको लालबन्दीस्थित सिटी केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । घाइतेमध्ये चार जनालाई विराटनगर र बाँकीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरु बस रिजर्भ गरेर जाने क्रममा दुर्घटनामा परेको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
ढुंगाले लागेर बागलुङमा बालिकाको मृत्यु
झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु
तनहुँको याम्पामा ट्रकको ठक्करबाट घाइते भएका ३ जनाको मृत्यु
भिरबाट लडेर वृद्धको मृत्यु
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०