जहाज हेलिकप्टरमा ठोक्किँदा तीन जनाको मृत्यु ( भिडियो सहित )

एजेन्सी
वैशाख १, २०७६
images_cms-image-000072307

काठमाण्डौ , १ वैशाख । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना, पर्यटन प्रहरी असई रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठ छन् । श्रेष्ठको उपचारका लागि काठमाण्डौ ल्याउने क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरका क्याप्टेन घाइते छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ । दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर. लामा र ४ यात्रुको अवस्था सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

प्रजिअ रानाका अनुसार आइतबार बिहान समिट एयरको हवाई जहाज उड्ने क्रममा पार्किङ गरेर राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किएको थियो । हवाईजहाज चिप्लिएर अनियन्त्रित भइ हेलीप्याडसम्म पुगेर ठोक्किएको प्रारम्भिक रिपोर्ट आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width