पोखरा, ३० चैत । नेपाल भ्रमण वर्ष–२०२० पर्यटकीय सहर पोखराबाट शुरुवात गरिएको छ।
फेवाताल किनार कोमागाने पार्कमा शनिबार साँझ आयोजित एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रमण वर्ष औपचारिक उद्घाटन गरे।
महत्वाकांक्षी २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्यसहित सो भ्रमण वर्ष शुरु भएको हो। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ मा १० लाख र २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटक भित्राएको तथ्यांक छ।
यसअघि नेपालमा सन् १९९८ मा भिजिट नेपाल–१९९८, नेपाल पर्यटन वर्ष २०११ मनाइएको छ। १९९८ मा ५ लाख र सन् २०११ मा १० लाख पर्यटक भित्राउने लक्ष्य थियो।
कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेपाल भ्रमण वर्ष सफल पार्न सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए। उनले प्राकृतिक र सांस्कृतिक रुपमा धनी पोखरालाई स्वर्गजस्तो शहर बनाउन जरुरी भएको पनि उल्लेख गरे। गण्डकी प्रदेशको समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको जानकारी गराए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटकको बसाइँ लम्बाउने गरी आवश्यक पर्यटकीय पूर्वाधारमा निर्माणमा जोड दिनुपर्ने बताए। उनले सडक तथा हवाई यातायातमा सुविधा थप गरिने भन्दै ३ तहको सरकार मिल्यो भने २० लाख पर्यटक भित्राउन गाह्रो नभएको बताए ।
नेपाल पर्यटन वर्ष २०११ का संयोजक सुरेन्द्र शाक्यले राजीतिक अस्थिरताबीच सो समयमा ५ लाख पर्यटक भित्राएको स्मरण गरे। उनले हाल राजनीतिक समस्या समाधान भएकोले लक्ष्य प्राप्तिमा गर्न सफल भइने बताए। उनले नेपाल घुम्ने पर्यटकबाट के लिने भन्दा के दिने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए।
नेपाल भ्रमण वर्ष–२०२० संयोजक सुरज बैद्यले काठमाडौं विमानस्थललाई दसैँसम्म सुधार गरिने जानकारी दिए।
कार्यक्रममा संघीय सांसद दीव्यमणि भण्डारी, पवित्रा खनाल निरौला लगायत बोलेका थिए।
नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले अघिल्लो वर्ष ११ लाख बढी पर्यटक आएकोमा यो संख्या दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन थालेको बताए। भ्रमण वर्ष सफल बनाउन चालु आर्थिक वर्षको बाँकी ३ महिनाका लागि अहिले खर्च गर्न मिल्ने गरी १० करोड रुपैयाँ पनि सरकारले दिएको छ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९