लेखनाथ, ३० चैत। रुपा युवा क्लब पोखरा–३२ को आयोजनामा पाँचौं सिस्टेनी मेला शुक्रबार शुरु भएको छ।
स्थानीय पृथ्वीरुपा मावि प्राङ्गणमा आयोजित मेलाको शुभारम्भ गर्दै रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले क्लबले आयोजना गरेको मेलाले लोप हुन लागेको कला संस्कृति जगेर्ना गर्नुको साथै युवामा खेल संस्कृतिको विकास गराउने काम गरेकोमा प्रशंसा गरे। ओझाले क्लबलाई विभिन्न सामाजिक कामहरुमा हातेमालो गर्न आग्रह गर्दै यसमा गाउँपालिकाको तर्फबाट आफूले सक्दो सहयोग गर्ने बताए।
क्लबका अभ्यक्ष नमराज खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मेलाका निदेर्शक धीरजकुमार श्रेष्ठ, आमा समूहतर्फबाट उर्मिला सापकोटा र बसुन्धरी अधिकारी, सल्लाहकारको तर्फबाट गोविन्दप्रसाद पंगेनी, पृथ्वी रुपा माविका व्यवस्थापन समिति अध्यक्ष भद्रबहादुर सुयल, रुपाकोट पोखरा सम्पर्क मञ्चका अध्यक्ष तिलबहादुर खड्का, वडास्तरीय वाल क्लब अध्यक्ष सीमा थापा क्षेत्री लगायतले बोलेका थिए।
जुनियर खुला भलिबल प्रतियोगिताअन्तर्गत आयोजक रुपा युवा क्लब एलाई आराधाना युवा क्लब पोखरा–३२ खुदीखोलाले हराउँदै विजयी शुरुवात गरेको छ। विजयी हुने टिमलाई ५० हजार र उपविजेतालार्य ३० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ।
अनुशासित टिम र सवोर्त्कृष्ट खेलाडीलाई नगद १/१ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने मूल संयोजक सागर श्रेष्ठले जानकारी दिएका छन्।
मेलामा विभिन्न स्थानीय कलाकारहरुको साथमा विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछ।
कार्यक्रममा स्वागत क्लब अध्यक्ष नमराज खड्काले गरेका थिए भने सञ्चालन सचिव अनिल पंगेनीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७