काँग्रेस संसद र जनस्तरमा कमजोर छ– नेता केसी

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७५
57154562_565932223926803_4438728136389033984_n

पोखरा, ३० चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेपाली काँगेस संसद र जनस्तरमा कमजोर सावित भइसकेको बताएका छन् ।

लोकतान्त्रिक विचार समाज कास्कीको आठौ अधिवेशनलाई शनिवार सम्वोधन गर्दै नेता केसीले भने– काँग्रेसले संसदमा प्रतिपक्षको भूमिका खेल्न र आम जनसरोकारका बिषयलाई लिएर अगाडि वढ्न पनि सकेको छैन ।

वाइडवडी खरिद, फोरजी, एनसेल, बुढीगण्डकी, सुन तस्करी, भ्रष्टाचार, असुरक्षा, मंहगी र करवृद्धि जस्ता मुद्दामा काँग्रेसले संसदमा सशक्त प्रतिपक्षको रुपमा आफ्नो भूमिका निवाह गर्न सकेको छैन् । वाइडवडी खरिदमा भएको भ्रष्टाचारलाई काँग्रेस केन्द्रीय समितिवाट नै छानविन होस् भनेर निर्णय गरिसकेपनि त्यस मुद्दालाई काँग्रेसका केही साथीहरुले ओझेलमा पार्ने काम गरेका छन् केसीले भने–अव काँग्रेसले वाइडवडी खरिदमा भएको भ्रष्टाचारको मुद्दालाई अगाडि वढाउनु पर्छ ।

लाउडा खरिद काण्डमा कम्युनिष्टहरुले ५७ दिन संसद बन्द गरे तर वाइडवडी खरिदमा काँग्रेसले एक दिन पनि संसद अवरुद्ध गर्न नसक्नु प्रतिपक्ष कमजोर हुनु हो, उनले भने –काँग्रेस अहिलेको धरातलबाट अघि वढ्ने अवस्था देखिदैन । काँग्रेस पार्टी सिमित व्यक्तिको झुण्डले संचालन गरेको छ, केसीले भने –एउटा झुण्डलाई मात्र हैन, क्षमता र योग्यताका आधारमा जिम्मेवारी दिएर काँग्रेसलाई अगाडि वढाउनु जरुरी छ ।

काँग्रेस भागवण्डाको राजनीतिवाट चलेको छ, यस्तो भागवण्डामा वरिष्ट नेता रामचन्द्र पौडेल समेत फसेका छन्, नेता केसीले भने– जिल्लाका वडाका सदस्यलाई समेत केन्द्रीय कमिटिले टिकट दिन थालेपछि निर्वाचनमा उम्मेदवारले कसरी निर्वाचन जित्छन् ? नेपाली काँग्रेसको १४ औ राष्ट्रिय अधिवेशन एक बर्षभित्र नै गर्न माग गर्दै उनले नेतृत्व अन्य व्यक्तिलाई छाड्न पनि तयार हुनु पर्छ, यही नेतृत्वलाई थप साढे दुई बर्ष लम्ब्याउने काम नहोस् नेता केसीले भने ।

केपी नेतृत्वको सरकार झुटका सपना बाडेर अगाडिवढेको सर्वसत्तावादी सरकारसँग काँग्रेस मुकाबिला गरेर अगाडि वढ्न जरुरी भएको नेता केसीले बताए ।

नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्माले झुटा आश्वासन जनतामा बाडेका केपीले विकास कसरी गर्नुपर्छ भन्ने कुरा आफ्नै जिल्ला झापाका धु्रर्मुस र सुन्तलीबाट पाठ सिक्न आग्रह गरे । बुढीगण्डकी जलविद्युतमा जनताको पैसामा ठूलो भ्रष्टाचार भएको छ, मेलञ्ची खानेपानी आयोजनाको ठेकेदारसँग मन्त्रीले ठूलो मात्रामा कमिशन रकम मागेपछि ठेकेदार नै काम छाडेर भागेका छन्, शर्माले भने– नेकपाको सरकारबाट राम्रा काम हुन्छन भनेर कसरी विश्वास गर्ने ।
सानासाना विकास निर्माणका कार्य गर्न नसककेो अवस्थामा रेल र पानी जहाजका सपना जनतामाझवाडेर निर्वाचन जित्नु भएका नेकपाका साथीहरुले अवको निर्वाचनमा त्यस्ता विकासका आश्वासन पुरा गरेर निर्वाचन जित्न आग्रह गरे ।

नेपाली काँग्रेसलाई सशक्त वनाउन जरुरी छ, निर्वाचनको परिणमपछि काँग्रेस केही हदसम्म सुध्र्रिएको छ, वैशाखको पहिलो हप्तादेखि देशैभरीका ७७ वटै जिल्लामा काँग्रेसले राष्ट्रिय जागरण अभियानका कार्यक्रम लिएर अगाडि वढ्ने छ । उक्त कार्यक्रमको अध्यक्षता लोकतान्त्रिक विचार समाज कास्कीका अध्यक्ष गिरिधारी शर्माले गरेको थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width