करेण्ट लागेर राईको मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७५
Power-lines-electricity-FILE

पोखरा, २९ चैत । पर्वत जिल्लाको मोदी गाउँपालिका–१ को सौरमा शुक्रवार दिउसो करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

भोजपुर जिल्ला टम्केमैयु गाउँपालिका–५ घरभई कास्कीको माझँ किरात केबुल नेटवर्क प्रालिमा काम गर्ने २१ बर्षीय डेबिट राईको मृत्यु भएको हो । लप्सीको बोटमा रहेको पुरानो केबुल तार झिक्दै गर्दा केही मीटर टाढाको दुरीमा रहेको थ्रि फेज विद्युत लाइनवाट विद्युत सर्टभई करेण्ट लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय कार्यालय पोखराले जानकरी दिएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width