काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प छैन– देउवा

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७५
p 29

पोखरा, २९ चैत । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि वढ्नुको विकल्प नरहेका बताएका छन् ।

नेपाल महिला संघ पोखरा महानगर समितिद्वारा शुक्रवार पोखरामा आयोजित नयाँ बर्ष २०७६ को शुभकामना आदान–प्रदान एवं चियापन कार्यक्रमलाई सम्वोधन गर्दै सभापति देउवाले भने– केन्द्रदेखि गाउँसम्म पार्टी एक ढिक्का हुनुको विकल्प छैन । काँग्रेसलाई वलियो बनाउन देशेभरीका सवै नेता तथा कार्यकर्ता अभियानकै रुपमा सक्रिय हुनुपर्नेमा उनको जोड छ ।

एक ढिक्का भएको काँग्रेसलाई निर्वाचनमा कसैले हराउन सक्दैन, गत निर्वाचनका वेला आफ्नै पार्टीको उम्मेदवारलाई असहयोग र उसको विरुद्धमा लागेर हिड्ने पार्टीका नेता तथा कार्यकर्ताको देशैभरीवाट नामावली संकलन भइरहेको छ, देउवाले भने– आफ्नै पार्टीका उम्मेदवारलाई हराउन दोषी ठहरिएका जो कोहीलाई पनि कारवाही गर्छु ।

नयाँ बर्षसँगै गण्डकी प्रदेशबाट नै काँग्रेसलाई बलियो र एक ढिक्का बनाउने कार्यको सुरुवात गरौ, देउवाले भने– काँग्रेस एक ढिक्का भएर अगाडि वढेको देख्न चाहन्छु, पार्टी कमजोर भएको कुनै पनि नेपाली काँग्रेसको नेता तथा कार्यकर्ताले देख्न चाहदैन ।
सर्वसाधारण जनतामा कर थोपर्ने, महंगी वृद्धि, असुरक्षा, हत्या,हिंसा भ्रष्टाचार वढेको छ ।ओली नेतृत्वको सरकारले कुनै राम्रा काम गरेको छैन, देउवाले भने–ओलीले देशमा काण्डैकाण्ड मच्चाए । निर्मला हत्याकाण्ड, सुनकाण्ड लगायतका काण्डमा दोषी अझै पत्तालगाउन नसक्नु विडम्वना हो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी नेतृत्वको सरकारले भ्रष्टाचारलाई संस्थागत बनाएको र भ्रष्टाचार गर्ने नेता तथा मन्त्रीलाई जोखाउन सत्य कुरालाई पनि असत्य सावित गर्ने कार्यमा केपी लागेको आरोप लगाए ।

वाइडवढी खरिद प्रकरणमा विधिवत रुपमै ४ अर्ब ३५ करोड अनियमितता भएको पुष्टि हुदाहुदै पनि कारवाही प्रक्रिया अगाडि नबढुनको रहस्य पनि कााग्रेसले खोज्नु पर्छ, नेता पौडेलले भने – केपी भ्रष्टाचार लुकाउन सत्यकुरालाई लुकाएर असत्य कुराको प्रचार गरिरहेका छन्, उनले अख्तियारको अधिकार समेत आफ्नो हातमा लिएका छन् ।

केपी ओली आफ्ना मन्त्री तथा नेतालाई भ्रष्टाचारबाट जोगाउन जे पनि गर्दै छन्, भ्रष्टाचार यतिसम्म वढ्यो कि नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा सार्ने प्रकरणमा मुछिएका छन्, नेता पौडेलले भने– केपी ओली अब विष्णु पौडेललाई निर्दोष सावित गर्ने खेलमा लाग्दै छन् ।

नेकपा रातो झण्डाको खोल ओढेर सत्ता कब्जा र भ्रष्टाचारमा जुटेको छ, सरकारको भ्रष्टाचारका विरुद्व अब काँग्रेसले गाउँगाउँसम्म आफ्नो सचेतनाका अभियान लिएर जानु पर्छ, उनले भने– भ्रष्टाचारले लोकतन्त्रलाई नै समाप्त गर्छ, काँग्रेसले पहिलो एजेण्डा नै भ्रष्टाचार विरुद्धको बनाएर जनतामाझ पुग्नु पर्छ ।

काँग्रेस पार्टीको बारेमा वोल्दै नेता पौडेलले पार्टीलाई एक ढिक्का पार्दै आउदो स्थानीय, प्रदेश र संघको निर्वाचनमा काँग्रेसलाई विजय गराउन सम्पूर्ण नेता तथा कार्यकर्ता एक जुट हुनु पर्ने बताए । नेपाली काँग्रेसको १४ औ राष्ट्रिय महाधिवेशन समयमै अर्थात अबको दश महिनामा नै गर्नुपर्ने अगान राख्दै नेता पौडेलले यो वा त्यो बहानामा महाधिबेशनलाई पछि सारेर पार्टी तहसनहस वनाउन हुदैन । समयपछि महाधिवेशन गर्नु भनेको पार्टीलाई धाराशाही बनाउनु हो, उनले भने– समयमै महाधिवेशन गर्न पार्टीका जिल्ला तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ताको दवाव आवश्यक छ । उक्त शुभकामना आदानप्रदान कार्यक्रमको अध्यक्षता नेपाल महिला संघ पोखरा महानगर समितिका सभापति माया बरालले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width