बुटवल, २८ चैत। गुल्मीको मुसिकोट नगरपालिकामा विहीवार बिहान भएको जिप दुर्घटनामा परी पूर्व सांसदसहित ३ जनाको ज्यान गएको छ।
दुर्घटनामा धुकोर्ट गाउँपालिका–५ निवासी नेपाली काँग्रेसका पूर्व सांसद एवं महाधिवेशन प्रतिनिधि ६५ वर्षीय रुद्रमणि शर्मा भण्डारीसहित मालिका गाउँपालिका–१ का ८ वर्षीय वस्कर विश्वकर्मा, मालिका गाउँपालिका–२, दर्लिङ निवासी ३६ वर्षीय कौशिला थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले बताए। पूर्व सांसद भण्डारी र बालक विश्वकर्माको घटनास्थलमै मृत्यु भएकोमा दुर्घटनामा घाइते थापाको उपचारक्रममा पाल्पा लैजानेक्रममा बाटोमै ज्यान गएको प्रहरीले जनायो।
मालिकाको दर्लिङबट सदरमुकाम तम्घासका लागि छुटेको लु१ज १९५७ नम्बरको उक्त जिप बिहान ९ बजे मुसिकोट–१, अन्तर्गत चैनडाँडामा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका ६ जनाको पाल्पामा उपचार भइरहेको छ।
पूर्व सांसद भण्डारी बुधबार मालिका गाउँपालिकाअन्तर्गत घमिरमा दलित संघका जिल्ला उपाध्यक्ष टेकबहादुर विश्वकर्माको श्रद्धाञ्जली कार्यक्रममै जाँदै थिए।
जिप घुम्तीमा मोड्नेक्रममा सडकबाट २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो। सो दुर्घटनामा परी जिपचालक समेत घाइते छन्।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१