Worldlink ads

कोटगाउँ घान्द्रुकको मन्दिर पुर्ननिर्माण पूरा

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७५
Ghandruk photo_Fotor

पोखरा, २८ चैत। कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकमा कोटगाउँ मन्दिरको पुनः निर्माण कार्य पूरा भएको छ।

मुगुल बराह तथा मौलाकोट घान्द्रुक कोटगाउँ मन्दिर पुनः निर्माण समितिको सक्रियता तथा स्थानीय जनसहयोगमा कलात्मक मन्दिर बनेको हो। मन्दिर पुनः निर्माण कार्यमा करिब ३६ लाख रुपैयाँ खर्च भएको पुनः निर्माण समितिका संयोजकद्वय टेकबहादुर गुरुङ र श्रीमती नन्दाकुमारी गुरुङले जानकारी दिए।

शनिवार चैते दसैं पूजासहित उक्त मन्दिरको उद्घाटन गरिने कार्यक्रम रहेको छ। त्यस अघि बिहान पञ्चेबाजासहितको कलश यात्राले सातै गाउँ परिक्रमा गरिने समितिका सचिव रामप्रसाद गुरुङले बताए।

Related News

सम्बन्धित समाचार

    hero news full width