सामुदायिक बैदामको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७५
baidam community calender_Fotor

पोखरा, २८ चैत। सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले नव वर्ष–२०७६ अवसरमा शुभकामना प्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ।

पोखरामा विहीवार आयोजित समारोहमा केन्द्रले प्रकाशन गरेको क्यालेन्डर कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले विमोचन गरे।

सो अवसरमा प्रहरी उपरीक्षक रानाले नयाँ वर्षको शुभकामना दिँदै सामुदायिक सेवा केन्द्रले विकृति विसंगति अन्त्यका लागि गरेको कार्य प्रशंसनीय भएको उल्लेख गरे।

कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, केन्द्रकी अध्यक्ष मीना भट्टराईले नयाँ वर्षले सबैमा नयाँ जोश र उत्साह भरोस् भन्दै शुभकामना दिए।

विभिन्न सेवा केन्द्रका पदाधिकारी एवं विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा सहभागीले आपसमा शुभकामना साटासाट गरेका थिए।

सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नेत्रलाल भण्डारी र स्वागत मन्तव्य क्यालेन्डर प्रकाशन संयोजक सोभित परियारले गरेका थिए। क्यालेन्डर प्रकासन सदस्यमा दीनदयाल पाण्डे, सरा बोगटी, विष्णु पहारी र उत्तम पहारी छन्।

Related News

सम्बन्धित समाचार

hero news full width