पोखरा, २८ चैत। श्री गणेश योग केन्द्र पोखरा–४ ले बुधबार पहिलो वार्षिकोत्सव मनाएको छ।
गणेश गुठी पोखरामा भएको केन्द्रको वार्षिकोत्सव कार्यक्रममा वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले महानगरस्तरीय योग केन्द्र स्थापनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।
पोखरामा योगप्रेमीहरुको संख्या बढ्दै जाँदा तत्काल उपयुक्त र व्यवस्थित योग केन्द्रको खाँचो बनेको उनको भनाइ थियो। परिवर्तनका लागि आसन, भाषण र सम्मानलाई त्याग्नुपर्ने उनले बताए।
पतञ्जलि योग केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र लालचनले योग साधकका लागि साधना र छिमेकीहरुका लागि सेवा हुने बताए। योगको साधनाले विभिन्न प्रकारका जटिल रोगहरुसँग लड्नसक्ने रक्षात्मक शक्तिको आर्जन हुने उनले विश्वास व्यक्त गरे।
पतञ्जली योग केन्द्र गण्डकी प्रदेशका प्रभारी दीपक सिग्देलले आत्मा शुद्धि र स्वास्थ्य प्रवद्र्धनका लागि योग हरेक मानिसका लागि अनिवार्य रहेको बताए। योग केन्द्रलाई भीमसेन योग केन्द्रले १० हजार रुपैयाँ सहयोग समेत गरेको छ।
केन्द्र अध्यक्ष कमला नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साधिका गंगा पौडेलले स्वागत र सल्लाहकार बन्दना बजिमयले संचालन गरेकी थिइन्।
केन्द्रमा ३० जना योग साधक तथा साधिकाहरुले निःशुल्क योगको प्रशिक्षण लिइरहेका छन्।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१