पाल्पा, २९ चैत । खरका छाना रहेका घरलाई जस्तापाता उपहार प्रदान गरिएपछि तिनाउका विपन्न समुदायका नागरिकमा खुशी ल्याएको छ ।
तिनाउ गाउँपालिका–२ दोभानले दश घरपरिवारलाई नौ फिटका २४ जस्तापाता उपहार प्रदान गरेको हो । आर्थिकरूपमा अतिविपन्न समुदायका १० घरपरिवारका लागि जस्तापाता वडाले प्रदान गरिएको वडाध्यक्ष राजेश श्रेष्ठले बताए ।
खरका छाना रहेका नागरिकलाई वर्षेनी छाउनुपर्ने समस्या हटेको छ । लामीचौतारीका कर्णबहादुर गुरुङ जस्तापाता पाएपछि वर्षेनी घर छाउनुपर्ने पिरलो हटेकामा खुशी छन् । खर, डाँडाभाटा, दक्ष कामदारको अभाव, खर्च बढी हुने, वर्षायाममा पानी चुहिने समस्या हट्ने हुँदा उनमा खुशी छाएको हो । खर डाँडाभाटाको समस्या, दैनिक ज्याला रु ६०० भन्दा बढी र कामदारको अभावमा वर्षायाममा पानी छिरेर बस्न नसकिने बाध्यताबाट मुक्ति मिलेको छ ।
लामीचौतारीका कर्णबहादुर गुरुङ, कुसुमडाँडाका दलबहादुर घर्ती, जेदे सार्की, इन्दबहादुर सार्की, रणवीर सोमै, राधा न्यौपाने, धनबहादुर रोका, मनवीर छहरीलगायतका घरपरिवारलाई कर्कट जस्तापाता हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । प्रदेश नं ५ का प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरु, वडाध्यक्ष श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गरे ।
गाउँपालिका अध्यक्ष घर्तीले गाउँपालिकाभित्रका प्रत्येक वडाका छ घरपरिवारका खरका छाना विस्थापित गरी कर्कटपाता लगाउने योजना रहेको बताए । चालू आवमा रु २० लाख लगानीमा ४२ खरका छाना रहेका घरमा जस्तापाता सहयोग गर्ने कार्यक्रम रहेको अध्यक्ष घर्तीले जानकारी दिए । गाउँपालिकाको वडा नं १ मा १०० र २ मा ४० घरमा खरका छाना रहेका छन् । गाउँपालिका रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकासँग जोडिएको छ । यो गाउँपालिकामा तीन हजार ९८८ घरधुरी छन्
Related News
सम्बन्धित समाचार
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
प्रधानसम्पादक बास्तोला सम्मानित
बगनासकालीको वार्षिक समीक्षा
करेन्ट लागेर ससुरा–बुहारीसहित ३ जनाको मृत्यु
चुनाव मिति आज तोकिने
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९संघीय संसद् र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा
श्रावण १९, २०७९