पोखरा, २९ चैत । नयाँ वर्षको अवसर पारेर पोखराको फेवा किनारमा गर्न लागिएको ‘फेवा नव वर्ष महोत्सव २०७६’को तयारी पूरा भएको छ ।
पश्चिमाञ्चल होेटल सङ्घद्वारा आयोजना गर्न लागिएको उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । कोमागाने पार्कमा गर्न लागिएको उक्त त्रिदीवसीय १६ आंै संस्करणको महोत्सवमा खानाका परिकार, संस्कृति र संगीतलाई विशेष प्राथामिकता दिइएको छ । महोत्सव शुक्रवारदेखि सुरु हुदै छ ।
महोत्सवको अवलोकन पर्यटक र अन्य आगन्तुक गरी एक लाखको संख्याले गर्ने दावि आयोजक संस्थाले गरेको छ । महोत्सव स्थलमा२२ नेपाली खानाका परिकार,सांस्कृतिक झाँकी र गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता आयोजना गरिने बताइएको छ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका सदस्य होटलको मेन्युमा १५ प्रतिशत छुट प्रदान गरिने जनाइएको छ ।
नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश कार्यालय प्रमुख मणि लामिछानेले भ्रमण वर्ष कार्यक्रम घोषणाको अन्तिम तयारी सकिएको बताए । गण्डकी प्रदेश सरकारले मनाइरहेको आन्तरिक पर्यटन वर्ष २०१९ लाई सफल बनाउनसमेत प्रदेश सरकारसँग बोर्डले समन्वय गरिरहेको कुरा लामिछानेले सुनाए ।
Related News
सम्बन्धित समाचार
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
हरियोखर्क अस्पताल अनुगमनमा मुख्यमन्त्री
मेयर उम्मेदवार जोशीमाथि आक्रमण
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९