हेमजा आलु महोत्सवमा रेशम खेतीबारे जानकारी लिँदै दर्शक। तस्वीरःश्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, २७ चैत। विष्णुपादुका क्लबको आयोजनामा जारी १० औं राष्ट्रिय हेमजा आलु महोत्सवमा कृषि स्टलप्रति दर्शक आकर्षण बढेको छ।
आलु महोत्सव कृषि महोत्सव भएको भन्दै दर्शकले कृषि स्टलप्रति विशेष चासो देखाएका हुन्।
महोत्सवमा टर्कीको बिक्री वितरण तथा प्रदर्शनी, कृषि औजार, तरकारी, लप्सी, दूध, रेशम खेती, तरकारी तथा पुष्प नर्सरी लगायत कृषि स्टलहरु रहेका छन्।
त्यस्तै, महोत्सवमा आलुको पहाड समेत निर्माण गरिएको छ। प्रतिकेजी ३२ रुपैयाँमा आलुको कारोबार भइरहेको छ।
बुधवार आलु किन्दै गरेकी पोखरा–१४, छिनेडाँडाकी माया गुरुङले हेमजाको आलु मिठो हुने र छिटो पाक्ने भएकाले अन्य ठाउँको तुलनामा हेमजामा फलेको आलु राम्रो हुने बताइन्। उनले आफ्नै घरमा पर्याप्त आलु भए पनि चाख्नकै लागि आलु किनेको प्रतिक्रिया दिइन्।
महोत्सवमा रहेको रेशम विकास कार्यक्रम पोखराको स्टल अगाडि बुधवार भेटिएका चितवन माडीका शिव अधिकारीले महोत्सव कृषकका लागि निकै फाइदाजनक रहेको र आफुले रेशम खेतीबारे विस्तृत रुपमा बुझन् पाएको भन्दै खुसी व्यक्त गरे। उक्त स्टलमा दर्शकको राम्रै आकर्षण रहेको देख्न सकिथ्यो।
स्टल १७ मा हेमजास्थित दियालो कृषि सहकारीले टर्कीको बिक्रीवितरण गरिरहेकोमा उक्त स्टलमा व्यापार सन्तोषजनक भइरहेको सहकारीका सेयर सदस्य शंकर त्रिपाठीले बताए।
त्यस्तै, स्टल १० मा अन्नपूर्ण–३ स्थित वनपाले सामुदायिक वनको लप्सी उध्म प्रवर्धन कार्यक्रमको स्टल राखिएको छ। सो स्टलमा पनि लप्सी क्यान्डीको राम्रै व्यापार भएको वनकी सहजकर्ता गीता पौडेलले जनाइन्।
तर स्टल ४५ मा कृषि औजार बिक्रीवितरण गरिरहेका तनहुँ भीमादका दीपेन्द्र रसाइलीले व्यापार सोचेजस्तो नभएको प्रतिक्रिया दिएका छन्।
तरकारीको व्यापार गरिरहेकी हेमजा खुट्टेगौडाकी ललिता थापाले आफ्नो स्टलबाट टमाटरको राम्रो कारोबार भइरहेको बताइन्। तरकारी तथा नर्सरीको कारोबार गरेका स्टल २ का हेमजा निवासी जीवन केसीले साँझको समयमा आफ्नो राम्रै कारोवार हुने गरेको भनाइ राखे।
बजारको तुलनामा कम मूल्यमा महोत्सव स्थलमा कृषि उपज पाइएकै कारण कृषि स्टलप्रति दर्शकको आकर्षण बढेको आयोजक क्लबले जनाएको छ। त्यसका साथै आयोजकले कृषि स्टल निःशुल्क उपलब्ध पनि गराएको अर्थ संकलन उपसमिति संयोजक मदनबहादुर थापाले जानकारी दिए।
बुधवारसम्म कुल १२ लाखको आलुको कारोबार भएको झाँकी तथा खरिदबिक्री उपसमितिका संयोजक जयराम तिम्सिनाले बताए। हालसम्म २५ हजार दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले बताएको छ।
बुधबार लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, चन्द्र शर्मा, श्रीराम अधिकारी, नवराज अधिकारी, जीवन दाहाल, तारापति सुवेदी, प्रेमराज अधिकारी, परशुराम अधिकारी, कृष्ण गुरुङ, सरला पाण्डे, सुभद्रा श्रेष्ठ र माया गुरुङले प्रस्तुति दिए।
त्यस्तै, हास्यतर्फ उमेश राई (फुलेन्देकी आमा), कन्सर्टतर्फ ब्रोसिस ब्याड तथा रमेश रहस्य ब्याण्डका प्रस्तुति रहेको मूल आयोजक समितिका महासचिव बसन्तकुमार श्रेष्ठले जानकारी दिए।
बिहीवार लोकदोहोरीतर्फ प्रजापति पराजुली, राजु परियार, नीशा पोखरेल, राजन कार्की, ज्ञानेश्वर सुवेदी, सरिता सारुमगर, गंगा त्रिपाठी, स्वस्तिका तिम्सिना तथा हास्यतर्फ राजा राजेन्द्रको प्रस्तुति रहने छ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७