प्रथम कास्कीकोट चैते दशै महोत्सवको तयारी पुरा

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७५
kaskikot-darbar

पोखरा, २७ चैत । प्रथम कास्कीकोट चैते दशै महोत्सवको तयारी पुरा भएको छ ।

पर्यटकीय स्थल कास्कीकोटमा यहि चैत्र २८–३० गते सम्म हुने उतm महोत्सव हुन लागेको हो । महोत्सवको अवलोकन ५० हजारको संख्याले गर्ने जानकारी आयोजक संस्था पोखरा–२४ वडा कार्यालयले जानकारी दिएको छ ।

महोत्सवमा विभिन्न साँस्कृतिक झाँ, की मगर समुदायको कौरा नृत्य, लोपउन्मुख खेलहरुको प्रर्दशन रहने वडा अध्यक्ष ओम प्रसाद सुवेदीले बताए । उद्घाटनको दिन विहीवार भलिववल तथा खुल्ला कविता प्रतियोगीता र सडक दौड हुनेछ । महोत्सवमा भजन चुड्का प्रतियोगिता, नौमति तथा पञ्चेबाजा तथा लोकगीत प्रस्तुति हुने छन् । महोत्सव सम्पन्न गर्न १५ लाख ८० हजार र आम्दानी १६ लाख ८० हजार हुने अनुमान गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width