भीरबाट लडेर मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७५
google-ai-predict-death-artificial-intelligence

पोखरा, २७ चैत । म्याग्दीको धवलागिरि गाउँपालिका–५ खिवाङ निवासी ५१ बर्षीय जीतबहादुर पुनको भीरबाट खसेर मृत्यु भएको छ ।

धौलागिरि गाउँपालिका–४ को मुदी स्थित बग्र तातोपानीमा डुबेर घर फर्कने क्रममा नाउरा भीरबाट खसेर पुनको मृत्यु भएको हो । उक्त भीरबाट तीन सय मीटर तल खसेका पुनको शव बुधवार विहान फेला परेको म्याग्दी प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी कास्की पोखरा–१५ निवासी ३७ बर्षीया सुकमाया नेपाली आफ्नै घरको शौचालय भित्र मृत फेला परेकी छन् । बुधवार विहान शौचालय गएकी नेपाली अवेरसम्म बाहिर ननिस्केपछि शौचालय खोलेर हेर्दा उनी मृत फेला परेकी हुन् । उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान अगाडी वढाएको छ ।

त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ को जंगलमा एक पुरुष व्यक्तिको शव फेला परेको छ। बुधवार विहान उक्त शव सडेगलेको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । उक्त व्यक्तिको नामथर खुलेको छैन । उक्त घटनाको वारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width