Worldlink ads

महिलालाई सीपमुलक तालिम

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७५
closing_2

पोखरा, २७ चैत । आर्थिक अवस्था कमजोर भएका महिलालाई लक्षित गरी तीन महिने हाते तान बुनाइृ र वीस दिने डोरी बाट्ने तालिम सम्पन्न भएको छ ।

महिला सीप विकास संस्था पोखराले ९७ जना महिलालाई यस्तो तालिम प्रदान गरेको हो । तालिममा पोखराको रिठेपानी, लामाचौर र बरालथर स्थित फिल्ड कार्यालय र केन्द्रीय कार्यालयमा उक्त तालिम प्दान गरिएको थियो ।

तालिममा सहभागीलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ्गले प्रमाणपत्र वितरण गरेकी छन् । संस्थाका अध्यक्ष बन्दी कुमारी गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका कार्यकार निर्देशक रामकली खड्काले संस्था तथा तालिमको बारेमा जानकारी दिदै आर्थिक सशक्तिकरण भए मात्रै महिला सशक्तिकरण हुने कुरा बताइन् ।

पोखरा २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङ्ग र नगर योजनाका भूपू अध्यक्ष जीत बहादूर गुरुङ्गले आफ्नो मन्तव्य द्वारा संस्थाले दलित, जनजाती र एकल महिलाहरुको सशक्तिकरणमा गरेको योगदानलाई आत्मसात गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width